उपनिर्वाचनमा चार लाख ४७ हजार जना मतदाता, त्रृटि सच्याउन असोज ५ गते सम्मको समय




काठमाडौँ। मंसिर १४ गतेका लागि तय भएको उपनिर्वाचनमा चार लाख ४७ हजार मतदाताले भाग लिने भएका छन्। निर्वाचन आयोगले ३७ जिल्लाका १५४ वडा कार्यालयबाट प्रारम्भिक रूपमा संकलन गरेको तथ्यांक त्रृटि सच्याउने प्रयोजनका लागि समय पनि दिएको छ। मतदाता विवरणमा कुनै दाबी विरोध तथा त्रृटि भएमा असोज २ गतेदेखि ५ गतेसम्म निवेदन दिन सकिने आयोगले जनाएको छ।

मंसिर १४ गते प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहमा समेत गरी ५१ पदहरुका लागि निर्वाचन हुँदैछ।

Tata
Swostik Collage

मतदाता नामावलीको प्रारम्भिक विवरणमा त्रृटि भएमा सम्बन्धित वडा कार्यालयबाट सच्याउने सकिनेछ। कुनै मतदाताका सम्बन्धमा उजुरी भएमा पनि वडा कार्यालयमा नै दिन सकिनेछ।

आयोगले प्रारम्भिक नामावली सबै वडा कार्यालयमा पठाइसकेको जनाएको छ। चार लाख ४७ हजार ७९२ मतदाताको विवरण आयोगले वडा कार्यालयहरुमा पठाएको हो।


Share this Story

   

उपनिर्वाचनमा चार लाख ४७ हजार जना मतदाता, त्रृटि सच्याउन असोज ५ गते सम्मको समय को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.