सञ्चय कोषमा १४८० संस्था थपिए, सामाजिक सुरक्षाले व्यक्तिको सञ्चय गर्ने योजना अन्यौंलमा




काठमाडौं। कर्मचारी सञ्चय कोषमा १४७० वटा संस्था थपिएका छन्। नयाँ कार्यालयबाट २५ हजार सञ्चयकर्ता थपिएको कर्मचारी सञ्चय कोषका प्रवक्ता ओमकृष्ण श्रेष्ठले जानकारी दिए। पुराना कार्यालयबाट ५२ हजार सञ्चयकर्ता रहेका छन्। नयाँ र पुराना गरी ३१ वटा संस्थाहरुबाट ७७ हजारभन्दा धेरै सञ्चायकर्ताले सञ्चय गरेका छन्। 

निजी स्तरका संस्थाहरुले सामाजिक सुरक्षालाई पनि ध्यान दिँदा सञ्चयकर्ताको संख्या बढेको हो। कोषले गत वर्ष सञ्चयकर्ताको लागि अपर तामाकोशी, रसुवागढी हाइड्रोपावर र सान्जेन जलविद्युत आयोजनाको प्राथमिक शेयर निष्कशन गरेको थियो। यसले गर्दा कोष प्रति सर्वसाधारणको चासो बढेको हो। 

TATa
Swostik Collage

संस्थाहरुले कर्मचारीहरुलाई आकर्षित गर्न कर्मचारी सञ्चयकोषको स्किमलाई प्राथमिकता दिन थालेका हुन्। कोषमा जोडिदै गर्दा कर्मचारीहरुले सुरक्षित भएर काम गर्ने हुँदा कम्पनीहरु कोषमा जोडिएका हुन्। 

कोषले आफ्ना सञ्चयकर्ताहरुलाई लाभांसवित हुने गरि विभिन्न योजना ल्याउदा दर्तावाल संस्थाहरुको आकर्षण देखिएको हो। कोषले गरेका कामहरु प्रति सर्वसाधारणको चासो बढ्दा कम्पनीहरु कोषमा जोडिन आकर्षित भएका हुन्। पछिल्लो समय कर्मचारीहरुको सामाजिक तथा आर्थिक सुरक्षाको विषय उठ्दै गर्दा सञ्चयकोषको आकार बढ्दै गएको हो।

कर्मचारी सञ्चयकोषमा जोडिएका संस्थाले आफ्ना कर्मचारीको तलबको १० प्रतिशत र कर्मचारीको १० प्रतिशत रकम जम्मा गरिदिन सक्छन्। संस्था छाड्ने बेलामा सञ्चयकर्ताले साँवा व्याज सहित रकम फिर्ता पाउने छन्। 

सञ्चय कोषमा संस्थाहरुले आफ्ना कर्मचारीको सञ्चय गराउने ट्रेण्ड बढ्दा संस्था र सञ्चयकर्ताको संख्या बढेको हो। संस्था दर्ता गरेपछि उनीहरुले सञ्चय कोषमा जोडिन सक्ने छन्। कोषले केहि वर्ष अगाडि व्यक्तिले पनि सञ्चय गर्ने किसिमको योजना बनाएको थियो। योजनासँगै कार्यविधि पनि तयार भयो। तर सरकारले सरकारले सामाजिक सुरक्षा कोषको स्थापना गरेपछि यस्तो योजना अन्योलमा परेको हो। सामाजिक सुरक्षा कोषले व्यक्तीको पनि कोष बनाउने भएकाले आफ्नो योजनालाई अगाडी नबढाइएको श्रेष्ठले बताए।

दुबैको कार्यक्षेत्र एउटै जस्तो देखिए पछि कोषले आफ्नो योजनालाई अगाडि नबढाएको हो। सामाजिक सुरक्षाकोषको कार्यक्षेत्र हेरेर आवस्यक परेमा मात्रै अगाडि बढाउने योजनामा कोष छ। 


Share this Story

   

सञ्चय कोषमा १४८० संस्था थपिए, सामाजिक सुरक्षाले व्यक्तिको सञ्चय गर्ने योजना अन्यौंलमा को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.